४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आइतबारको भर्चुअल बैठकले स्थगित गरेको छ । आईतबार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल बैठक बसेको थियो । आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको १० महाधिवेसन र विश्व सम्मेलन स्थगित गरिएको हो ।

यसअघि परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेर ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्न भनिएको थियो । अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले पूर्वअभ्यास अनुसार नै हुनुपर्ने माग राख्दै परराष्ट्रमा उजुरी दिएपछि उक्त पत्र दिईएको हो ।

अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्ने बताईएको छ ।
सन् २०१९- २०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ। त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघको छ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ४१ बजे