२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

स्थानीय तहको चुनाव: कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो



बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेपनि कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पक्का भएको छ । मत परिणामले कांग्रेसलाई सबैभन्दा धेरै जित्ने पार्टी हुने स्पष्ट पारेको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म कुल ४ सय ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १ सय २६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८४ स्थानमा जीत हासिल गरेको छ । त्यसैगरी कांग्रेसले १ सय २१, एमालेले ७५ र ३१ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

एकीकृत समाजवादीले ७ स्थानीय तहमा जितेको छ भने १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित निकाल्दा २८ स्थानीय तहमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । अहिलेसम्म उसले जितेको छैन । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १२ स्थानीय तहमा जित हासिल गरेका छन् भने १६ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

त्यसैगरी स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसले १ सय ८८, एमालेले १२३ र माओवादीले ९२ स्थान जितेको छ भने कांग्रेसले १ सय २ एमालेले १ सय १३ र माओवादी केन्द्रले ३४ उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीबाट १४ उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् भने ८ उम्मेदवारले अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीका ५ र स्वतन्त्र तथा साना दलका ६ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् । जसपाका २४, लोसपाका ११ र स्वतन्त्र तथा साना दलका ८ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : १९ बजे