१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

टीकाको साइत बुधबार ११:५१ बजे



 

काठमाडौँ — बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११.५१ को साइतमा टीका लगाउन सकिनेछ ।

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : ०७ बजे