७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

वर्षमान पुन डिस्चार्ज



चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।

माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् । उनलाई चिकित्सकले कलेजो प्रत्यारोपण गर्नसमेत सुझाएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ३९ बजे