मगर र तामाङ समुदायबारे विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।
उनले मगर र तामाङ समुदायमा “दाजुबहिनीबीच बिहे हुने हुँदा अपराध हुने गरेको” अभिब्ययक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिले मगर र तामाङ समुदायमाथि विभेद गरेको र मानमर्दान गरेको भन्दै उनीबिरुद्ध उजुरी परेको थियो ।
बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि केही मगर र तामाङ समुदायका ब्यक्तिहरुले प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको भन्दै २८ जनालाई नियन्त्रणमा लिएको छ ।