कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । उनलाई मंगलबार नै धनुषाको जनकपुरतर्फ लगिएको छ ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न धनुषा प्रहरीले जिल्ला अदालत, धनुषाबाट मंगलबार अनुमति दिएको थियो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
सिरोहियाको गिरफ्तारीलाई धेरैले गृहमन्त्री रवि लामीछानेको प्रतिशोधपूर्ण कार्य भनेका छन् । कांग्रेस सभपति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, कांग्रेस महामन्त्री गगन थापा, नेपाल पतिरकार महासंघलगायतले सहकारी ठगीका बारेमा कान्तिपुरले निरन्तर रुपमा लेख्दै आएका कारण प्रतिशोध सांधिएको बताएका छन् ।
पक्राउ परेका सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् ।