२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत



गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रोपटक विश्वासको मत पाएका छन् । उनले विश्वासको मतको पक्षमा ३१ मत प्राप्त गरे ।

नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन् ।

माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेका थिए ।

देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप लत्याउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनले बहुमत सिद्द गरेका हुन्।

२७ सांसद रहेका कांग्रेस संसदीय दलका नेताले असम्भव जस्तो मानिएको बहुमत जुटाए। विपक्षमा भने २८ सांसद उभिएका छन्।

देवकोटाले फ्लोर क्रस गरेपछि विपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीसहितले प्रदेशसभा बैठकमा नाराबाजीसमेत गरे । त्यस्तै, स्वतन्त्र सांसद दीपक मनाङले पनि प्रतिपक्षी कित्ता फेरेका छन् । उनी यसअघि प्रतिपक्षी कित्तामा थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ६ : ५५ बजे