१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

बेचन र प्रतिकलाई पक्राउ पछि सरकार ढालिएको रबिको दावी



उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गरे ।

‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल? सरकार के कारणले ढल्यो? हाम्रो सहमती के भयो भनेर तपाईहरुले सदनलाई ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो? स्पष्ट छ। केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन ।’

उनले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनि प्रश्न समेत गरे । उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ४ : २१ बजे