दशैको अवसर पारेर नर्थक्यारोलिनाको रालि क्षेत्रमा बसोबास गदै आइरहेको नेपाली फुटबल खेलाडीहरु वीच आगामी सेम्टेम्बरको १३ देखि दशै कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा केरि, मोरिसभिल, दुराम, होलिस्प्रिङ,फुकेभरिना र गर्नर क्षेत्रमा खेल्दै आएका करिब १ सय ५० जना खेलाडीहरुले भाग लिएका छन । सन २०१७ देखि खसी कप नामले हुदै आएको यो प्रतियोगिता विगत केही वर्षदेखिन दशै कपको रुपमा हुदै आएको छ । ” हामी नेपाली फुटबलप्रेमीहरु वीच चिनजानसंगै आपसी सदभावको लागी यो प्रतियोगिता हुदै आएको हो” विकास सापकोटाले बताए ।
यस पटकको प्रतियोगितामा निरजन कार्की क्याप्टेन रहेको लोमान्थाङ एफसि,सन्तोष गौतम क्याप्टेन रहेको धवलागिरि एफसि, अनुप अर्याल क्याप्टेन रहेको कालापानी एफसि, प्रदिन मगर क्याप्टेन रहेको सगरमाथा एफसि, संयम लामीछाने क्याप्टेन रहेको बुढा सुब्बा एफसि, जीवन न्यौपाने क्याप्टेन रहेको गोसाइकुण्ड एफसि, विकास सापकोटा क्याप्टेन रहेको तिलिचो एफसि र नरेन थापा क्याप्टेन रहेको कालापत्थर एफसि टिमको वीच प्रतिष्पर्धा हुने भएको छ । एपेक्सको प्लेजेन्ट पार्कमा सेप्टेम्बर १३ देखि हुने प्रतियोगिता अक्टुबरको ५ तारिख फाइनल हुने भएको छ ।
कुन टिमको कोसंग कहिले हुन्छ ?
सेप्टेम्बर १३ सुक्रबार ६ः३० मा लोमान्थाङ र बुढासुब्बा
सेप्टेम्बर १४ शनिबार ५ः३० मा कालापानी र तिलिचो
सेप्टेम्बर १४ शनिबार ७ः३० मा सगरमाथा र कालापत्थर
सेप्टेम्बर १५ आइतबार ४ः३० मा गोसाङकुण्ड र धवलागिरि
सेप्टेम्बर २१ शनिबार ५ः३० मा कालापानी र गोसाइकुण्ड
सेप्टेम्बर २२ आइतबार ४ः३० मा लोमान्थाङ र कालापत्थर
सेप्टेम्बर २२ आइतबार ६ः३० मा बुढा सुब्बा र धवलागिरि
सेमिफाइनल
सेप्टेम्बर २८ शनिबार ५ः३० र ७ः३० मा हुने भएको छ । त्यस्तै फाइनल अक्टुबर ५ तारिख शनिबार ५ :३० बजे हुने भएको छ ।
टिममा को को खेल्दैछन ।










