२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

एनसेलको किस्ताबन्दीमा दश प्रतिशत ब्याज लाग्ने, यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू



सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई चार किस्तामा लाइसेन्स नविकरण गर्न सविधा दिएको छ । तर उसले पाउने उक्त सुविधामा बार्षिक १० प्रतिशत ब्याज लाग्ने छ ।

दुरसञ्चार सेवा प्रदायकले लाइसेन्स नवीकरणको लागि २० अर्ब रुपैयाँ तिर्नु पर्दछ । एनसेलले लाइसेन्स नवीकरण गरेको यो तेस्रो पटक हो । यसअघि नवीकरण दस्तुर किस्ताबन्दीमा तिर्का लागि सुविधा दिएको र नेपाल टेलिकमले पनि किस्ताबन्दी सुविधा लिएको भन्दै एनसेलले उक्त सुविधा माग गर्दै आएको थियो ।

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार जानकारी दिए । तर एनसेलले भने किस्ताबन्दीमा व्याज लगाउने निर्णयको अलोचना गरेको छ ।

त्यसैगरी सरकारले ईयूबाट २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन गरी २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड ४७ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा, विभिन्न देशमा महावाणिज्यदूत नियुक्त, काठमाडौं-मधेस द्रूतमार्ग आयोजनाका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जामा लाग्ने पुँजीगत लाभकर छुट दिने स्वीकृति लगायत १८ वटा निर्णय गरेको उनले बताए ।

मन्त्रिपरिषद्का १८ निर्णयहरु यस्ता छन्:

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ३३ बजे