२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

दसैँको टीका साइत असोज १६ गते बिहान ११ः५३ मा



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ।

समितिका अनुसार यसअघि असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनासहित जमरा राख्ने उत्तम साइत परेको छ।

त्यसैगरी असोज ७ गते बिहान ९ बजेर ५३ मिनेटमा सरकारी कार्यालयहरूमा दशैंको झन्डा फेर्ने साइत तय गरिएको छ भने असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने उत्तम समय रहेको समितिले जनाएको छ

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ३५ बजे