२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

सञ्चार मन्त्रालय खतिवडा र सहरी विकास नेम्वाङलाई



काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाको राजीनामापछि रिक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन्।

त्यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन्। वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।

प्रधानमन्त्री ओलीले समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालय समेत गोकुल बाँस्कोटालाई जिम्मा दिएका थिए।

बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ बाहिरिएपछि बिहीबार राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ३० बजे