१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मिस हेरिटेजका लागि १८ जना प्रतिस्पर्धी छानिए


३१ असार २०७४, शनिबार  

0
Shares

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले अायोजित मिस हेरिटेजको दोस्रो अडिसन काठमाडाैंमा सम्पन्न भएको छ ।

प्राकृतिक, सांँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गरेको हो ।

बिहीबार दरबारमार्गस्थित होटेल जुजुब लञ्ज पप लाइभ म्युजिकमा भएको दोस्रो अडिसनमा अाइपुग्दा काठमाडाैं लागयतका विभिन्न जिल्लाबाट १८ जना मिस हेरिटेज क्वीनमा भाग लिइसकेको छ । अणु महर्जन, सिम्रन पण्डित, पेमा तामाङ, रूपा लामा, चाँदनी तामाङ लगायत १८ जना मिस हेरिटेज ताजका लागि प्रतिस्पर्धी हुन् ।

भदाै ७ गते हुने मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइनेछ ।

अडिसनमा तारकेश्वर कला प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ अभिनेता उत्तम केसी, संस्थाका सल्लाहकारहरु दामोदर लामा, फुर्साङ लामा, नृत्य प्रशिक्षक बुद्ध लामा, बज्रयोगिनी डान्स सेन्टरका प्रमुख मेनका लामा, भिसा एजुकेसन कन्सल्टेन्सीका प्रमुख एवं सल्लाहकार पशुपति केसी, रक गायिका सरस्वती लामा, मिडिया संयोजक अर्जुन तामाङ, फोटोग्राफि सुदिप पोखरेल रहेका थिए ।

सहभागी प्रतिस्पर्धीहरुलाई तालिमको अवधिमा विविध व्यक्तित्वबाट प्रशिक्षण दिने कार्यक्रम सहसंयोजक एञ्जिला वाइबाले  बताइन् ।

 

 

प्रकाशित मिति : ३१ असार २०७४, शनिबार  ७ : १३ बजे