८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दुई विद्यार्थीले सार्वजनिक गरे आचार्य र तामाङका बालकृति


२९ श्रावण २०७४, आइतबार  

0
Shares

ललितपुर । बालसाहित्य सर्जक विजयराज आचार्यको आठौं बालकथा संग्रह ‘स्मार्ट घर’ र नेत्र तामाङ लिखित पाँचौ बाल चित्रकथा ‘फुर्वाको फार्म’ सार्वजनिक गरिएको छ ।

आइतबार विवेक सिर्जनशील प्रकाशनमा जुगल स्कुल, धापाखेल कक्षा १० का विद्यार्थीद्वय अप्सरा सुवेदी र रोहिना महर्जनले दुबै किताब संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सुवेदीले आचार्य लिखित कथा संग्रह स्मार्ट घरको समीक्षा गरेकी थिइन् । किताबमा ६ वटा कथा रहेको सबै कथाहरु सन्देशमुलक रहेको उनले बताइन् । घरदेखि विभिन्न स्थान आधुनिक सरसामानबाट कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने कुराहरु कथामा समावेश भएको उनले बताइन् ।

त्यसैगरी महर्जनले तामाङले लेखेको चित्रकथा फुर्वाको फार्मबारे समीक्षा गरेकी थिइन् । कथामा चित्र उल्लेख्य मात्रमा रहेको र बालबालिकाले बुझ्ने खालको रहेको बताइन् । १२ पुष्ठको रंगीन चित्रसहित रहेको कथा चरा र जनवारको कल्पना रहेकाले रमाइलो लागेको बताइन् ।

कार्यक्रममा वाल साहित्यकार एवं पत्रकार अनन्त वाग्लेले बालबालिकाका विषयमा लेखिएका किताबहरुको मात्र बढाउनुपर्ने धारणा राखे । त्यसैगरी बाल साहित्य संकलक, साहित्यकार एवं वरिष्ठ पत्रकार प्रमोद प्रधानले दुबै किताब नेपाली बाल साहित्यकाको भकारीमा थपिएकोमा खुसी व्यक्त गरे । दुबै कृति विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो ।

त्यसैगरी वरिष्ठ चित्रकार एकराम सिंहले बाल चित्रकथाको समीक्षा गरेका थिए । कार्यक्रममा पत्रकार क्रान्ति पाण्डे, जुगल स्कुलका भाइस प्रिन्सिपल सुमन केसी, बालसाहित्यकार समन श्रेष्ठ, पुष्पा आचार्यलगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ६ : ०६ बजे