३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पारस बने एक्सपर्ट एजुकेसनको ब्रान्ड एम्बेस्डर


२९ श्रावण २०७५, मंगलबार  

0
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेस्डर भएका छन् ।

मंगलवार राजधानीको होटल अन्नपूर्णमा सर्भिसेजका सिइयो सञ्जिव शर्माले पत्रकार सम्मेलनमार्फत  गर्दै खड्कालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेका हुन् । एक्सपर्टले पारसलाई नयाँ जर्सीसमेत हस्तानतरण गरेको छ ।

सर्भिसेजले पछिल्लो समय नेपाली क्रिकेटको प्रवर्द्धन र विकासमा सहयोगी बन्दै आएको र एक्सपर्टले विगतका तीन बर्षदेखि क्रिकेटको स्कुल प्रिमियर लिग र कलेज प्रिमियर लिग निरन्तर रुपमा सञ्चालन समेत गर्दै आईरहेको छ ।

नेपालको क्रिकेटको विकासमा योगदान दिने उदेश्यले एक्सपर्टले उक्त कार्यक्रममा अर्का राष्ट्रिय टिमका खेलाडी शक्ति प्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीलाई पनि एक लाख पचास हजार रुपैयाको चेक सहयोग स्वरुप हस्तानतरण गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार  ८ : ११ बजे