५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

विवाद समाधान गर्न टिएसएनएले गठन गर्‍यो पाँच सदस्यीय समन्वय समिति


२२ आश्विन २०७५, सोमबार  

0
Shares

न्युयोर्क : समसमायिक विषयमा छलफलका लागि तामाङ समाज उत्तर अमेरिका कन्फ्रेन्स कलमार्फत बसेको केन्द्रीय समितिको संयुक्त बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

सेप्टेम्बर ३० को साँझ बसेको बैठकबाट ७ वटा निर्णय भएको समाजका अध्यक्ष लक्यान लामाले जानकारी दिए। लामाको अध्यक्षतामा सल्लहाकारहरु, राज्य स्तरका अध्यक्षहरु र कार्यसमितीको संयुक्त बैठक बैठकले ७ वटै निर्णय सर्वसम्मत रुपमा गरेको महासचिव डोल्मा लामाले बताइन्।

विवाद समाधान गर्न समन्वय समिति

पछिल्लोपटक असन्तुष्ट पक्षले तामाङ समाज अमेरिका गठन गरेको विषयलाई सम्बोधन गर्न बैठकले सल्लाहकार विद्यासागर योञ्जनको संयोजकत्वमा ५ सदस्यीय विवाद समाधान समन्वय समिती गठन गरेको छ।

बैठकपाछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘न्युयोर्कमा आधिकारिक तदर्थ कमिटीमार्फत न्युयोर्क निवासी तामाङ समुदायलाई आह्वान गर्दै सम्पुर्ण प्रकृया पुरा गरेर तामाङ सोसाईटी अफ न्युयोर्क गठन हुदै गर्दा केही साथीहरुले चित्त नबुझिएको कुरा राख्दै हलबाट बाहिरिएर उपस्थित नै नभएका व्यक्तिहरुको सुची बनाएर समानन्तर कमिटी बनाउदै आफुहरु आधिकारिक हो भन्दै समाजिक संजालमा मिडियाबाजी गरेपछि आएको समस्यालाई विभिन्न माध्यमबाट केन्द्र र राज्य स्तरका आधिकारिक व्यक्तिहरुको पहलमा समधान गर्न खोज्दा हालसम्म समस्या समधान नभएको र “तामाङ समाज अमेरिका”नाम गरेको संस्था नै दर्ता गरेकाले यस किसिमको कदमले समग्र न्युयोर्क तामाङबासी नै आलोचित भएको महसुस गर्दै बैठकले संस्थाको सल्लहाकार विध्यासागर योन्जनको संयोजकत्वमा पॉच सदस्य “विवाद समाधान समन्वय समिती” गठन गरियो।’

समितिमा ईन्द्र तामाङ, न्युयोर्क (वर्तमान सल्लहाकार), लोक लामा, न्युह्यम्सार (वर्तमान सल्लहाकार), कुमार दोङ (अध्यक्ष-तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया)- सदस्य

र डोल्मा लामा, लस एन्जल्स् (महासचिव, तामाङ समाज उत्तर अमेरिका) सदस्य रहेका छन्।

मिरिक सम्मेलनका लागि समिति गठन

बैठकले भारतको मिरिकमा हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलनका लागि कुमार दोङको संयोजकत्वमा ३ सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ। सम्मेलन डिसेम्बर १४, १५ र १६ मा हुँदैछ। समितिमा बुद्ध लामा, सल्लहाकार), बोस्टन र दीपेन्द्र लामा (सचिव, तामाङ सोसाईटी अफ न्युयोर्क)का रहेका छन्।

तामाङ समाज उत्तर अमेरिकाले आफ्नो धारणसहित विशेष भुमिका बहन गर्दै भव्य र सभ्य रुपमा सम्मेलन सफल बनाउन आर्थिक ज़िम्मेवारी समेत बहन गर्दै भाग उद्देश्यकासाथ समिति गठन गरेको जनाएको छ।

तीन सल्लाहकार एक सदस्य मनोनित

बैठकले समाजको विधानमा व्यवस्था भए बमोजिम अध्यक्षबाट कार्यसमितिमा मनोनित २ (दुई) सदस्य मध्ये बाँकी रहेको एक सदस्य पदमा कोलोराडो निवासी “पहिलो नर्थ अमेरिका तामाङ सम्मेलन” का प्रतिनिधि श्री संदिप लामा (गोले) ज्यु कार्यसमिति सदस्यमा बैठकले मनोनित गरेको छ।

बैठकले रतु लामा, सान फ्रानसिस्को, प्रकाश लामा, सान फ्रानसिस्को र फुर्वा घिसिङ, न्युह्मसारलाई सल्लाहकारमा मनोनित गरेको महासचिव डोल्मा लामाले जानकारी दिइन्।

उत्तरको संयोजकत्वमा ६ सदस्यीय प्रोफेसनल नेटवर्क कमिटि

समाजको बैठकले उत्तर लामाको संयोजकत्तमा ६ सदस्यीय उत्तर अमेरिका तामाङ प्रोफेसनल नेटवर्क कमिटिसमेत गठन गरेको छ। समितिका सदस्यहरुमा मोहन वाईबा, निमा पाख्रिन, बर्षा मोक्तान, सुर्य मोक्तान र शंकर तामाङ रहेका छन्। समितिमा सदस्यहरुसमेत थप्न सक्ने उल्लेख गरिएको छ।

सातौ निर्णयमा भनिएको छ, ‘भावी दिनमा विश्व भरिका दिग्गज तामाङहरुलाई एकै फोरममा गोलबन्द गर्दै उहाँहरुको अनुभव र दक्षताको उपयोग गर्दै समग्र तामाङ जातिको उत्थानमा योगदान पुर्याउने उत्तर अमेरिका भरीका विभिन्न क्षेत्रमा विशेष दखल भएका तामाङहरु/ विधार्थीहरुलाई गोलबन्द गर्न र उहाँहरुको अनुभव समाजमा उपयोगी सिद्ध गर्न तामाङ सोसाईटी अफ ग्रेटर डिसीका अध्यक्ष उत्तर लामाको संयोजकत्वमा कमिटि गठन गरियो।’

तीन जनालाई जिम्मेवारी मुक्त

यसैगरी संयुक्त बैठकले तीन जनालाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ। जिम्मेवारीबाट हटाइएकाहरुमा सल्लहाकार समितिको अध्यक्ष शान्तबाबु थोकर, सल्लहाकारभोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमिति संयोजक भरतराज लामा रहेका छन्।

उनीहरुलले समानान्तर संस्था बनाएको र मूल संस्थालाई अपमान गरेकाले जिम्मेवारीबाट मुक्त गरेको टिएसएनएको भनाई रहेको छ। ‘न्युयोर्कमा आधिकारिक तदर्थ कमिटीमार्फत तामाङ सोसाईटी अफ न्युयोर्क गठन हुँदै हल छाडी हिडेको र आवेगमा आएर समानन्तर कमिटी समेत बनाई आधिकारिक संगठनलाई अपमान हुने कृयाकलप गर्नुका साथै सामाजिक संजालमा समाज र नेतृत्वलाई नै अपमानित हुने शव्दहरु प्रयोग गर्दै त्यसैदिन रातीदेखि केन्द्रीय समितिको ज़िम्मेवारबाट राजीनामा गरेको भन्ने मिडियाबाजी समेत गरेको कार्यको घोर आपत्ति जनाएको छ,’ निर्णयमा भनिएको छ, ‘निज ज़िम्मेवार व्यक्तिहरुलाई पत्रमार्फत राय बुझेको र निजहरुको राय संस्थालाई चित्त नबुझ्दो भएमा वा पत्रको जवाफ नपठाएमा मर्यादित जिम्मेवारीबाट मुक्त गर्ने निर्णयसमेत भएको हुँदा सल्लहाकार समितिका अध्यक्ष शान्तबाबु थोकर, सल्लहाकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमिति संयोजक भरतराज लामासमेतबाट प्रेषितपत्रको कुनै जवाफ नआएको, समयवधि भित्र कुनै राय समेत नपठाएको र निजहरुले समाज र नेतृत्व वर्गलाई अपमान गर्ने नियतबस नै कार्यहरु गरेको ठहर्दै निजहरुलाई जिम्मेवारीबाट मुक्त गरेको निर्णय आजको बैठकले अनुमोदन गरियो।’

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ३ : ५६ बजे