एशिया सोसाईटीले नेपाली अल्ट्रा धाविका मीरा राईलाई यस वर्षको ‘गेम चेन्जर’ अवार्डद्धारा सम्मानित गरेको छ । सोसाइटीले गत अक्टोबर ९ को साझ म्यानहृटनमा एक विशेष कार्यक्रमको आयोजना गरि मिरासंगै एशियामा असाधारण काम गर्ने अन्य थप ब्यक्तीहरुलाई पनि सम्मान गरेका थिए ।
मिरासंगै सम्मानीत हुनेहरुमा थाईल्यान्डको गुफाबाट युवाहरुलाई उद्दार टिम, अफगान रोबटिस टिम, जापानको सुनामीमा र फुकुशिमामा ध्वस्त आणबिक उद्दार गर्ने टोलि, पेप्सिको अध्यक्ष ईन्द्र नुयि,चीनका वातावरण अभियन्ता वाङ शि, चिकित्सक डा. मुन्जेद अल मुडेरिस, सिरियान वाइट हेल्मेट र वाङग सि रहेका छन ।
नेपालको विकट गाउबस्तीको भीरपाखामा सजिलै कुददै आएकी मिराले सन २०१५ मा फ्रान्सको माउन्ट ब्लोङक सम्मको ८० किलोमिटरको दौडमा विश्व किर्तिमान राख्नुको साथै युरोपमा भएको अल्ट्रा दौडमा पनि विजेता बनेकी थिइन ।
खेको छिन । शाहसीक क्षेत्रमा हासिल गरेकेा सफलताकै कारण मीरा गत वर्ष आउडसाइड म्यागजिनको कभर तस्विरको व्यक्तिमा छानेका थिए भने अमेरिकाको प्रसिद्द म्यागेजिन ‘आउटसाईड’ ले पनि विश्व चर्चित ४० महिलाहरुको प|mोन्ट कभर पेजको फोटोमा सेसन गरेका थिए । उनी यसअघि नेसनल जोग्राफिक एडभान्चर अफ द ईयर पुरस्कारबाट समेत सम्मानित भईसकेकी छिन ।