काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिएका छन् ।
सफलता शिक्षा सदन कीर्तिपुर भत्क्यापाटीमा अध्ययनरत २३ जना बालबालिकालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाइ दिएका हुन् ।
उक्त अवसरमा बालबालिकाले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेको सदनका प्रमुख राजकुमार पुनले जानकारी दिए ।