९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

अमेरिकामा जन सम्पर्क समितिको चियापान र शुभकामना


२६ कार्तिक २०७५, सोमबार  

0
Shares

न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालीको महान पर्वहरू दशैं, तिहार,नेपाल संवत, छठ पर्वलगायतको अवसर पारेर न्युयोर्कमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम आयोजना गरियो ।

नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई अमेरिकामा पनि निरन्तरता दिँदै आपसमा एकता र सद्भाव बढाउने उद्देश्यअनुरुप समितिले चियापानसँगै शुभकामना आदानप्रदान कार्यक्रम गरेको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा समितिका सभापति आनन्द विष्टले बताए ।

कार्यक्रममा समितिका सदस्यहरूको साथै प्रवासी नेपाली मञ्च, आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका प्रतिनिधि संस्थाहरूलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू एवं कलाकारहरू र पत्रकारहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई समितिका सभापति विष्ट, महासचिव मुनिन्द्र नेम्वाङ र समितिका न्युयोर्क च्याप्टरका उपाध्याक्ष अमर तामाङ र सदस्यहरूले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार  २ : ०४ बजे