७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

ज्याक्सनहाइटमा दुई नेपाली माथि छुरि प्रहार । असुरक्षित बन्दै ज्याक्सनहाइट


Ang

२४ मंसिर २०७६, मंगलबार  

2
Shares

न्युयोर्कको ज्याक्सनहाइटमा अज्ञात समुहले छुरि प्रहार गरि दुई नेपाली गम्भिर घाइते भएका छन । स्थानिय एलमष्ट अस्पतालमा उपाचारको भइरहेको उनीहरु सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोक हेलम्बुका ङवाङ पासाङ लामा हृयोल्मो हुन । पेम्बालाई किढनीनै खराब हुने गरि छुरिले आक्रमण गरेका थिए भने ङवाङको जिउभरि जतासुकै छुरिले हानेर घाइते बनाएका छन । घाइते ह्योल्मो र शेर्पाको अनुसार उनीहरुमाथि सुक्रबार रातको १२ बजे तिर बंगालीको समुहले छुरि हानेको थिए ।

‘ हामीहरु ज्याक्सनहाइटको डेलिहाइटबाट खाना खाएर बाहिर निस्कदै थियो नचिने मान्छेहरु झगडा गरिरहेको देखेपछि छेउमा गएर हेर्न जादा किन हेरेको भनी बंगालीको समुहले हामीमाथि छुरिले आक्रमण गरियो ’ घाइते ङवाङले भने—‘ त्यो दिन हामी कसैसंग झगडा गरेको थिएन हामीले तिनिहरु कोही चिन्दा पनि चिन्दैनौ तर एक्कासी हामी माथि यसरी आक्रमण गरियो ’ । ग्याङ फाइट भनेर गलत हल्ला फिजिएकोमा चिन्तित हुदै ङवाङले भने ‘ हामी कोहीसग झगडा गरेकै थिएन त्यसदिन पनि हामी खाना खाएर घर फर्कन लाग्दा यो दुर्दशा भयो ’ उनले बताए ।

लामो समयदेखिन एकै ठाउमा काम गर्ने ङवाङ र पेम्बा छुरि लागेर घाइते भएपछि अर्का साथी छिरिङ गुरुङले एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएको ङवाङले बताए । अहिले ङवाङको स्थिति सामान्य भएपनि पेम्बाको स्थिति निकै गम्भिर रहेको छ । बंगालीको समुहले हानेको छुरिले पेम्बाको एउटा किडनी पुरै क्षति भएको छ । पेम्बा अहिले राम्ररी बोल्न सक्दैन । ‘ हामी घर काम गदै आएको थियो कहिल्यै पनि झगडा गदैन्थ्यो तर त्यो दिन अचानक हामी माथि बंगालीको समुहले आक्रमण गरियो ’ पेम्बाले भने—‘ अझै पनि आश्चार्य लाग्छ किन हामीमाथि उनीहरुले आक्रमण गर्‍र्यो ?

अस्पतालमा छोराको स्याहार गरिहेका पेम्बाका बुबा ल्हाक्पा गेल्जे शेर्पा मात्र होइन भेटन आएका पेम्बाको आफन्तहरु सवै कोहीसंग झगडा नगर्ने पेम्बाको स्थिति देखेर निकै दुख मानिरहेका छन । ज्याक्सनहाइटमा झगडाले गम्भिर रुप लिइसकेको केही बेरपछि प्रहरी आएर ज्याक्सनहाइट आसपास पुरै बन्द गरि त्यहा राखेको क्यामरा र भुईमा भेटेको फोनको माध्यामबाट दोषीहरु पक्रीसकेका छन । ज्याक्सनहाइटमा हुदै आएको यस किसिमको घटनाले त्यस आसपासमा व्यापार व्यवसाय गरिरहेका नेपाली लगायत अन्य समुदाय समेत असुरक्षित बन्दै गएको भनी चिन्तित हुन थालेका छन।

ज्याक्सनहाइटको डाइभर्सिटि प्लाजमा सुरक्षा क्यामेरा राखेपनि प्राय झैझगडा हुदा प्रहरीहरु समयमै नआएको दुखेसो डेलिहाइट रेष्टुरेन्टका सञ्चालक गणेश बरुवालले पोखेका छन । ‘ज्याक्सनहाइटमा होमलेसहरु झै झगडा गरिरहने भएकोले प्रहरीलाई खबर गर्दा समयमा नआउने तर कसैले बन्दुक बोकेछ भनेमा समय आउने अनुभव सुनाउछन रेष्टुरेन्टका सञ्चालक गणेश बरुवाल । ‘ज्याक्सनहाइटमा कुनै घटना घटेको वितिकै प्रहरीलाई खबर गरेपनि समयमा प्रहरी नआउनले ज्याक्सनहाइट असुरक्षित बन्दै गएको छ’ । रेष्टुरेन्ट सञ्चालक बरुवालले बताए । उनी लामो समयदेखिन ज्याक्सनहाइटमा रेष्टेरेन्ट सञ्चालन गदै आएका छन । त्यस क्षेत्रमा आधा दर्जन भन्द बढि नेपालीको रेष्टरेन्ट ब्यवसायको साथै मणि ट्रास्फर, गहनापसलहरु छन ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ३ : १४ बजे