१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

तमू सञ्चारकर्मी सङ्घद्वारा सात जना पत्रकार पुरस्कृत



काठमाडौँ । तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले सात जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ । सोमबार टुँडिखेलमा तमू ल्होछारको अवसरमाआयोजित कार्यक्रममा तमू तथा गैर तमू पत्रकारलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार रेडियो गोर्खालीका स्टेसन म्यानेजर खिमा गुरुङ र नागरिक खबर डटकमका सम्पादक मनोज घर्तीमगर, सुश्री भद्र कुमारी घले पत्रकारिता पुरस्कार काँचुली खबर डटकमका सम्पादक गजेन्द्र गुरुङ, तमू आदिकवि स्व. हर्कबहादुर स्मृति पत्रकारिता पुरस्कार तमुमै ताँ टेलिभिजन कार्यक्रमका प्रस्तोता पुनम गुरुङ, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार मनाकमना एफएमका स्टेसन म्यानेजर चित्र गुरुङ, सि आई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार स्वदेश खबर डटकमका कार्यकारी सम्पादक नवीन गुरुङ र तमू ल्होछार मूल आयोजक समितिले प्रदान गर्ने तमू पत्रकारिता पुरस्कार प्राइम टेलिभिजनका भिडियो सम्पादक सृष्टि गुरुङ प्रदान गरियो ।

पुरस्कार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले हस्तान्तरण गरेका थिए । पुरस्कारमा महिलालाई दोसल्ला, पुरुषलाई क्रेगी अनि ताम्रापत्र र नगद रहेको छ ।

यसैबीच पुरस्कृत घर्ती मगरले आफुले पाएको पुरस्कार राशीको आधा रकम विरामी पत्रकार राजबहादुर गुरुङको उपचारमा र आधा आफ्ना बाबुको नाममा रोल्पामा स्थापना गरिएको पत्रकारिता पुरस्कारलाई प्रदान गरे ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ५३ बजे