७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रोगी र वृद्धवृद्धालाई कोरोनाको जोखिम बढी छ : डा.शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ



चीनको वुहान प्रान्तबाट सुरु भएको नोवल कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएको छ । अमेरिका, जापान, इटाली, इरान, थाइल्यान्ड, दक्षिण कोरिया, बेलायत, ताइवान, अस्ट्रेलिया, बेलायतलगायत विश्वका अधिकांश मुलुकमा संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर कम्तीमा ५ हजारको मृत्यु र लाखौं संक्रमित भएका छन् । जोखिम बढेसँगै विभिन्न मुलुकले सतर्कता बढाएका छन् । कोरोना भाइरस के हो, लक्षण र बच्ने उपायबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको संक्षिप्त कुराकानी ।

कोरोना भाइरस के हो ?
कोरोना भाइरस खासगरी पशुबाट सर्छ । यसबाट अरु रोग पनि आएको छ । जसमध्येमा मर्स कोरोना भाइरस, सार्स कोरोना भाइरस । यो धेरै मान्छेले सुनेको छ । यसले संसारभरी प्रभाव जमाएको थियो । मानिसको मृत्यु पनि भएको थियो । त्यो बाहेक विभिन्न प्रकारका कोरोना भाइरस हुन्छ । कोरोना भाइरस सन् २०१९ को अन्तिमतिर सार्सजस्तो देखियो भनेर रिपोर्ट गरिएको थियो । कसैकसैले त यसलाई फेरि फक्र्यो कि भन्ने शंका गरे । पछि कोरोना भाइरस तर सार्सभन्दा नितान्त फरक । झन्डै झन्डै कोरोना भाइरस र सार्सबीचको जीन ७५ प्रतिशत मिल्दोजुल्दो देखियो । तर, फरक खालको भयो । त्यसकारण यसलाई नोवल कोरोना भाइरस नाम दिइयो । जनावरबाट भनिए पनि कुनबाट भन्ने पत्ता लागेको छैन । यसले कत्ति मानिसलाई बिरामी पार्ने र मृत्युदर कति हुने भन्ने खोजीनितीको पाटो छ । विश्वका थुप्रै मुलुकमा देखिएकोले चासोको विषय बनेको छ ।

लक्षणहरु के के देखिन्छन् ?
उच्च ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वासमा समस्या हुनु नै मुख्य लक्षण देखिएको छ । त्योबाहेक जिउ दुख्नु, टाउको दुख्नु आप्mनो ठाउँमा छँदैछ । स्वासप्रस्वासमा समस्या आएको छ, ज्वरो आउने भएकोले हावाबाट पनि सर्न सक्छ कि भन्ने अनुमान गर्न सकिन्छ । कोरोनो भाइरस नै हो भनेर किटान गर्न जाँच गर्नुपर्छ ।

कुन उमेर समूहकालाई लाग्ने सम्भावना बढी हुन्छ ?
पहिले स्वस्थ रहेको मान्छेलाई त समस्या हुने भएन । स्वस्थले त लक्षणको आधारमा उपचार गर्दा भयो । तर, जो पहिलेदेखि नै छातीको समस्या छ, स्वासप्रस्वासको समस्या छ, दमको समस्या छ वा वृद्ध हुनुहुन्छ भने ती व्यक्तिलाई कोरोनाको जोखिम बढी छ भन्ने बुभ्mन सकिन्छ । जुन प्mलुमा पनि लागू हुन्छ । जो चीनमा मृत्यु भए, उनीहरु विभिन्न रोगबाट ग्रसित थिए । उमेरको हदले पनि ६५ वर्षमाथिकै थिए । युवा अपवादमा पर्न सक्ला । हुँदैहुँदैन भन्न सक्दिनँ ।

सर्ने कारणहरु ?
यो फ्लुसँग मिल्दोजुल्दो भएकोले खोकीबाट सर्नसक्ने भयो । त्यसैगरी हामीले हातहरु राम्रोसँग धुनु पर्‍यो । हाम्रा हात घरीघरी नाक, मुख, आँखामा लानु भएन । कसैले खोक्दैछ भने एक मिटरभन्दा बढी दूरी कायम गर्नुपर्ने भयो । अनावश्यक रुपमा जनावर नजिक नजाउँ । त्यसो गरौं भन्ने विश्व स्वास्थ्य संगठनले निर्देशन जारी गरेको देखिन्छ । भन्नुको मतलब हामीले प्mलुबाट बच्ने उपाय जति भनिरहेका छौं, त्यो धेरै नै यसमा लागू भएको देखिन्छ । संक्रमित व्यक्ति छ भने उसँगै नबस्ने, टाढा बस्ने । हातहरु सफा गर्ने, सरसफाईमा ध्यान दिने । कुनै फार्म वा जीवित पशुपन्छीको नजिक नजाने नै यो नै मुख्य बच्ने उपाय हो ।

कसरी बच्न सकिन्छ ?
यो रोगबाट बच्न फ्लुबाट जोगिने उपायहरु नै जोडिएको छ । कोरोना भाइरस जनावरबाट सर्छ भन्ने धेरैलाई थाहा छ । त्यसैले आवश्यकताभन्दा जनावरको नजिक नजाने भनिएको छ । अहिले त्यसलाई नै पछ्याउनुपर्ने अवस्था छ । डराउनुपर्ने अवस्था नभए पनि सतर्कता अपनाउनुपर्छ । जुन जुन सूचना यससम्बन्धमा आउँछ, त्यसमा ध्यान दिनुपर्ने हुन्छ ।

संक्रमणबाट जोगिन माक्सले कत्तिको सहयोग गर्छ ?
सामान्यतया चिकित्सकहरुले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो रंगको मास्क थुप्रै देशमा मानिसहरुले संक्रमणबाट जोगिन प्रयोग गर्छन् । चीनमा कोरोना भाइरस पैmलिएपछि मास्क लगाउनेहरु बढे । मास्क अभाव भए । हातबाट मुख छोइँदा संक्रमण सर्न सक्ने भाइरसबाट जोगिन सर्जिकल माक्स प्रभावकारी हुने केही प्रमाणहरु भेटिन्छन् । हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने त्यसले केही हदसम्म सुरक्षा दिन सक्छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ०८ बजे