२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

कैयोलाई रगत दिएर बचाउदै आएका मैनालीको निधनले सवैलाई स्तब्ध बनायो ।


Ang

१ फाल्गुन २०८०, मंगलबार  

10
Shares

अहिलेसम्म सर्वाधिक २ सय ६ पटक करिब १ लाख भन्दा बढी मिलिलिटर रक्तदान गरिसकेका समाजसेवि अर्जून मैनालीले आफनो जीवन समाप्त गरेका छन । नेपालमा छोरिको विवाह सकेर अमेरिका आए लगतै मैनालीले सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेका थिए । उक्त सन्देश लगतै बेपत्ता भएका मैनालीको शव त्यसको केही घण्टामा नर्थ क्यारोलिनाको नेचर पि्रजर्भको पार्कमा कार पार्क गरेको भित्र जलेको अवस्थामा भेटिएको थियो । उनको सव चिन्न नसक्ने भएकोले डिएनए गरेर मात्र अन्तिम सस्कार गर्न लागेको जानकारी मैनालीको निवाससम्म पुगेर फर्केका नर्थक्यारोलिनास्थित रियाल्टर जितमान बस्नेतले जानकारी दिएको छ ।

मैनालीले सामाजिक सञ्जालमा आफूले आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेपछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो । केहीबेरमा प्रहरी नर्थ क्यारोलिनामा रहेको मैनालीको निवासमा पुगे लगतै उनको फोन ट्रयाक गर्दा स्थानीय नजिकको नेचर पि्रजर्भ पार्क क्षेत्रमा उनले चलाएको सेतो कार विष्फोट भएको अवस्थामा भएको पत्ता लागेको थियो । अप्रत्यशित रुपमा मैनालीले जीवन गुमाएपछि अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरु शोकसंगै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

मैनालीले विश्वका २० देशमा २ सयभन्दा बढीपटक रक्तदान गरेर ६ सयभन्दा बढीको ज्यान बचाएका थिए । उनले अमेरिकामा रहेको नेपाली समाज र विश्वभर रहेका नेपालीहरुलाई रक्तदानको लागि प्रेरित गर्नुका साथै आर्थिक अभावमा छटपटिएका महिला र अनाथलाई पनि सहयोग गदै आएका थिए । मनको धनी मैनालीले रगत नपाएर दुख पाएकाहरुलाई रगत दिनुको साथै रक्तदान आयोजना गर्ने सस्थालाई समेत आर्थिक सहयोग गदै आएका छन । जीवित हुदा उनले गरेको निस्वार्थ समाजिक सेवाकै कारण उनी कैयो देशहरुमा सम्मानीत भइसकेका छन । न्युयोर्क, नर्थक्यारोलिना, टेक्सास, क्यालिफोर्निया, बोष्टन लगायत एक दर्जन बढि राज्यहरुमा उनी सम्मानीत भइसकेका छन । मैनालीको सम्मानमा न्युयोर्कको ओएस्टर बे टाउनले सन् २०१९ डिसेम्बर २२ लाई अर्जुन मैनाली डे घोषणा गरेको थियो । सन् १९६८ मा काभ्रेको सिपाली ९ मा जन्मिएका मैनालीको एक छोरा र एक छोरि छन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ३७ बजे