३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

दिल्ली विधान सभामा आम आदमी भारी बहुमत, भाजपा आठ, कंग्रेस शून्य



नयाँदिल्ली (एजेन्सी)– भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मंगलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजय भएको छ । त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ । प्रतिशतका आधारमा भाजपाले ८८.५७ प्रतिशत सीट ल्याएको छ भने भाजपाले ११.४३ प्रतिशत सीट जितेको छ ।

कूल ७० सीटको विधान सभामा आपले कूल ६२ सीटमा विजय गरेको छ भने भाजपाले जम्मा आठ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन । यस अघि सन् २०१५ को विधान सभामा आपले ६७ सीट जितेको थियो भने भाजपाले तीन सीट ल्याएको थियो ।

मंगलबार सम्पन्न निर्वाचन परिणामको नतिजालाई भारतीय निर्वाचन आयोगका अधिकारीहरूले पुष्टि गरेका छन् । परिणामलाई निर्वाचन आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ११ बजे