१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

अमेरिकी डिभी लोटरीको नतिजा आयो, नतिजा हेर्ने?



अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे उक्त नतिजा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत प्रकाशित गरेको हो ।

डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नु पर्नेछ । निर्धारित समयसीमाभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिने विदेश मन्त्रालयले जनाएको छ ।

गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् । साथै, आवेदकहरूलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न भनिएको छ ।

डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष https://dvprogram.state.gov/ मा इन्ट्री गर्नुपर्नेछ । कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ११ : ५९ बजे