१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

‘सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गरिने तयारी’


२४ पुस २०७४, सोमबार  

0
Shares

विराटनगर । नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिए । “संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित हुँदैन”, उहाँले उनले भने ।

बस्नेतले राष्ट्रियसभा अध्यादेश, राष्ट्रियसभा निर्वाचन, समावेशी भावना आदि संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाइ भएको प्रष्ट पारे ।

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार  ८ : ३३ बजे