आर्थिक वृद्धिदर, रोजगारी, सेयर बजार र रियल स्टेटस“गै अहिले अमेरिकी अर्थतन्त्र दिनदिनै बलियो हु“दै गएको छ । पछिल्लो तथ्यांक अनुसार आर्थिक वृद्धिदर सा“ढे तीन प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ । रोजगारी वृद्धि उच्च बनेको छ । वेरोजगारको संख्या न्युन अवस्थामा आएको छ । वेरोजगारी दर सन् २००७ पछिको सवै भन्दा कम ४ दशमलव ७ प्रतिशतमा झरेको छ । सरकारबाट वेरोजगार भत्ता लिने अमेरिकीको संख्या घटेपछि रोजगारीको संख्या बढेको देखिन्छ ।
सन् १९७० मा रोजगारीका अवसर थोरै हु“दा वेरोजगार भत्ता लिनेको संख्या तीन लाख भन्दा कमी थियो । अहिले त्यही अवस्था आएको छ । पछिल्लो तथ्यांक अनुसार अहिले वेरोजगार भत्ता लिनेको संख्या २ लाख ७५ हजारमा सिमित छ । वेरोजगार भत्ता लिनेको संख्या तीन लाख सम्म रहनुलाई धेरै राम्रो अवस्था मानिन्छ । वेरोजगार भत्ता लिनेको संख्या लगातार ९५ हप्ता सम्म तीन लाख भन्दा न्युन रहेको छ । रियल स्टेटको विजनेश पनि सवै हिसावमा फस्टाएको छ । मूल्य पनि बढेको छ र विक्रिी पनि ।

अर्थतन्त्र दिनदिनै बलियो हु“दै आएपछि अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले डिसेम्बरमा व्याजदरको आधार दर बढाएको छ । व्याजदरको आधार रेट ० दशमलव ५० बाट ० दशमलव २५ विन्दुले बढाएर ० दशमलव ७५ बनाईएको छ । एक दशकको अवधिमा फेडले दोस्रो पटक डिसेम्वरमा व्याजको दर बढाएको हो । यो दर वृद्विले बैंक तथा वित्तीय संस्थाको आम्दानी बढ्नेछ । बैंक तथा वित्तीय संस्थाले लिंदै आएको कर्जाको व्याज पनि बढाउने छन् । आम्दानी बढ्ने आशामा बैंकहरुको सेयर मूल्य समेत बढेको छ । फेडले सन् २०१७ मा तीन पटक व्याज बढाउने घोषणा गरिसकेको छ । यसले बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य अझै बढाउनेछ ।
फेडरल रिजर्भले व्याजदर बढाएपनि सेयर बजार झन उकालो लागेको छ । व्याजदर बढ्दा मूल्य घट्ने अपेक्षा विपरित सेयर बजार उकालो लागेको हो । अमेरिकी सेयर बजारका सवै इन्डेक्सल अहिले सम्मको नया“ रेकर्ड बनाउ“दै उचाई चुमेका छन् । अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएपछि अमेरिकन सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको हो ।
सन् १९९९ डिसेम्बर ३१ पछि तीन वटै इन्डेक्सले एकैदिनमा उच्च तहमा पुगेर २०१६ अगस्ट ११ मा नयाँ रेकर्ड बनेको थियो । यसपछि पनि बजार उकालो लागको हो । नोभेम्बर ८ को चुनावी परिणामपछि सेयर बजारका इन्डेक्स लगातार उकालो लागेका छन् । नव निर्वाचित राष्ट्रपतिले पुर्वाधारमा खर्च बढाउने, करका दर घटाउने र सरकारी नियमन कम गर्ने लगायतका घोषणा गरेपछि सेयर बजार इन्डेक्स उच्च तहमा पुगेका हुन ।
अहिले पनि अमेरिकी सेयर बजारमा व्लु चिप कम्पनीहरुको इन्डेक्स डाउजोन्स २० हजार नजिक छ । डिसेम्बर ३०, २०१६ मा डाउजोन्स इन्डस्ट्रियल एभरेज १९ हजार ७ सय ६२ अंकमा छ । स्टयाण्डर्ड एण्ड पोर ५०० (एस एण्ड पी) २ हजार २ सय ३८ र नास्डाक ५ हजार ३ सय ८३ अंकमा रहेर सन् २०१६ अन्त्य भयो ।
अर्थतन्त्र अझै सुधार हु“दै सन् २०१७ मा सेयर बजार १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । २०१६ मा एस एण्ड पी मा रहेका कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । गतवर्ष लाभांशको पुन लगानी सहित एस एण्ड पि बाट लगानीकर्ताले १२ प्रतिशत लाभ पाए । डाउजोन्समा रहेका व्लुचिप कम्पनीका सेयरको भाउ १३ प्रतिशतले बढयो भने यी कम्पनीबाट लगानीकर्ताले १६ प्रतिशत रिटर्न पाए । नोभेम्बर ८ पछि मात्रै एस एण्ड पी ५ र डाउजोन्स ८ प्रतिशतले माथी गए । गतवर्ष ७७ प्रतिशत लगानीकर्ताले सेयर बजारबाट कमाए । सन् २०१५ मा ७० प्रतिशत लगानीकर्ता घाटामा थिए ।
सन् २०१४, ०१५ र ०१६ को जनवरी महिनामा लगानीकर्ताले गुमाउ“दै आएका छन् । गतवर्षको सुरुवात १० दिनमा एस एण्ड पी तीन प्रतिशतले घटेको थियो । अब सन् २०१७ को जनवरी सेयर बजारका लगानीकर्ताका लागि यसै हुन्छ भन्न सकिन्न । डिसेम्बरको अन्तिम तीन दिन लगातार गिरावट आएर सेयर बजार वन्द भएको थियो । अमेरिकन सेयर बजारमा दैनिक औषत करिव ८ अर्ब कित्ता सेयर किनवेच हुन्छ ।
कमाउने र गुमाउने कम्पनी
सन् २०१६ मा एप्पलले आईफोन ७ बजारमा ल्याएपछि यसको सेयर मूल्य पनि आकाशियो । एप्पलको सेयर मूल्य वर्षभरिमा १० प्रतिशतले बढ्यो । फेसबुकको सेयर भाउ पनि १० प्रतिशतले नै माथी गयो । बैंक अफ अमेरिकाको सेयर मूल्य ३१ प्रतिशतले बढेको छ । गोल्डम्यान एण्ड साक्सको स्टक प्राईस पनि ३३ प्रतिशतले उकालो लाग्यो । एडभान्स माइक्रो डिभाईसको स्टक प्राईस ३ सय प्रतिशतले बृद्धि भयो । नेटफिल्क्सको सेयर मूल्य पनि ८ प्रतिशतले बढेको छ ।
वर्षभरिमा ट्वीटरको सेयर मूल्य ३० प्रतिशतले तल आएको छ । ट्वीटरलाई अर्को कम्पनीमा गाभ्ने योजना सार्वजनिक भएपछि यसको सेयर मूल्य तल झरेको हो । गो प्रोको स्टक प्राइस पनि ५२ प्रतिशतले घटेको छ । फिटविटको मूल्य पनि ७५ प्रतिशतले तल झरेको छ । अन्डर आरमउरको सेयर मूल्य पनि ३० प्रतिशतले तल ओर्लिएको छ ।
अमेरिकी सेयर बजारमा अर्थतन्त्रमा सुधार भएको तथ्यांक सार्वजनिक हु“दा वृद्धि देखिने गर्छ । अर्थतन्त्रका सूचक थोरै भएपनि नकारात्मक बनेमा स्टक इन्डेक्स घट्ने गर्दछ ।
हरेक तीन महिनामा कम्पनीहरुले सार्वजनिक गर्ने नाफामा सेयर बजारमा मूल्इ घटबढ् हुनेगर्छ । कुनै कम्पनीको नाफा घटेको विवरण सार्वजनिक भएमा सेयर मूल्य बजारमा घट्ने गर्छ । कम्पनीको नाफा बढेको विवरण सार्वजनिक हुनासाथ बजारमा सेयर मूल्य बढ्छ । केन्द्रिय बैंकले लिने नीतिले बजारमा मूल्य घट्बढ् गराउ“छ ।
बेलायत युरोपियन युनियनबाट बाहिरिने जनमत संग्रहको परिणाम लगत्तै विश्वभरकै सेयर बजारसँगै अमेरिकी बजारमा पनि गिरावट आएको थियो । तर विस्तारै त्यसमा सुधार आयो ।
पूर्णतया अनलाईन कारोवार हुने अमेरिकी सेयर बजारका लगानीकर्ताले विश्वकै जुनसुकै ठाउँ बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन ।
मकै पनि रोपेपछि फल्ने हो । धान पनि फलाउन रोप्नै पर्छ । पैसा पनि रोपेपछि फल्छ । धान र मकै खेतबारीमा फल्छ भने पैसा फल्न सेयर बजारमा रोप्नुपर्छ । सेयर हुनु भनेको कम्पनीको मालिक हुनु हो । कम्पनीले कमाएपछि सेयरहोल्डरलाई नै बा“ड्ने हो । आजको भोली नै कमाउन खोज्नेका लागि सेयर बजार उपयुक्त ठाउँ होइन ।
विश्वभरिकै स्टक मार्केटको प्रकृति उस्तै हो । फरक भनेको प्रविधिको प्रयोगमा हो । सेयर बजारमा सूचिकृत कम्पनीले लगानीकर्तालाई कमाएको लाभांश बा“डछन् । कम्पनीको आम्दानी देशको अर्थव्यवस्थामा आधारित हुन्छ । देशको अर्थव्यवस्था मजवुत हुँदै गएमा कम्पनीको आम्दानी पनि बढछ । कम्पनीको आम्दानी बढ्नु भनेको लगानीकर्ताको लाभांश बढ्नु हो । यसले बजारमा सेयरको मूल्य समेत बढाउँछ ।