लामो समयदेखिन हुन नसकेको जनसम्पर्क समिति अमेरिकाको महाअधिबेसनले मुनिन्द्र नेम्हाङको नेतृत्वमा नया कार्यसमिति निर्वाचित गरेका छन । सन २००६ मा तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा अमेरिकामा स्थापना भएको जनसम्पर्क समिति सन २०१४ यतादेखि महाअधिबेसन हुन सकेको थिएन ।

भर्जिनियामा सम्पन्न निर्वाचनमा नेम्हाङले आफनो निकटतम प्रतिद्धन्दी सिपि पौडेललाई १ सय २८ मत अन्तरले पराजित गदै सभापति पदमा विजयी भएका छन । सभापतिमा नेम्हाङ र पौडेलसंगै सन्तोष पहारी, ध्रुव गौतम, वेदप्रसाद खरेल र अमृत सापकोटाले उम्मेद्धावरी दिएका थिए । त्यस्तै बरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित भएका छन । उपसभापतिमा भट्टसंगै ज्ञानेन्द्र कार्की, उत्तम धमला र चन्द्रकान्त धितालले उम्मेद्धावरी दिएका थिए । महामन्त्रिमा गौतम दाहाल र नारायण खनाल विजयी भएका छन । अधिबेसन अगावै दाहालले सभापति पदमा उम्मेद्धवरी घोषण गरेका थिए ।

दाहाल र खनालसंग महामन्त्रि पदमा किलनचान राई, प्रतिक पाण्डे र अनन्त सुवेदीले उम्मेद्धावरी दिएका थिए । सहमहामन्त्रिमा अर्जुन बम, युवा सहमहामन्त्रिमा सुमन केसि, सिर्जन भट्ट र कोषाध्याक्षमा नारायण प्रसाद पोखरेल निर्वाचित भएका छन । त्यस्तै उपसभापतिमा संजीव श्रेष्ठ, हरि शर्मा, श्रीराम थापा र निमा बोम्जन निर्वाचित भएका छन । युवा उपसभापतिमा शुसी खत्री, महिला उपसभापतिमा लक्ष्मी कार्की र युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ ।









