पाकिस्तानको ब्रोडपिक आरोहणको क्रममा जीवन गुमाएका आरोहीहरुको स्मृतिमा युएस नेपाल क्लाइबर्स एसोसियन र शेर्पा किदुगले न्युयोर्कमा संयुक्त रुपमा दिपप्रज्वलनका साथ श्रद्धान्जलि कार्यक्रमको आयोजना गरियो । शेर्पा किदुृगको गुम्बामा आयोजित कार्यक्रममा डा युला शेर्पा र ङवाङ जिम्बा शेर्पा लगायतका लामागुरुहरुले मृतक आरोहीहरुको स्मृतिमा पुजापाठ र प्रार्थना गरेका थिए ।

पाकिस्तानको ब्रोडपिकमा हार्लै ६ नेपाली आरोहीहरु निर्मल पुर्जामगर ( निम्सदाईं), युक्त गुरुङ, निमा शेर्पा, ग्यालु शेर्पा,ङवाङ थुन्डु शेर्पा, किलिपेम्बा शेर्पा त्यस्तै अमेरिकाको मेलोरि गेस, चीनको वाङ जोङ, पाकिस्तानको सोहाल साखि र ओमानको नादीरा आइहार्तिको हिमपहिरोमा पहिरोमा परि निधन भएको थियो । पर्वतारोहण क्षेत्रमा लामो समयदेखिन योगदान दिदै आएका ६ जान नेपाली आरोहीहरुको निधनले नेपालको पर्वतारहेण क्षेत्रमा ठुलो नोक्सानी भएको छ ।

तस्विरहरु युएस नेपाल क्लाइबर्सको फेसबुकबाट









