९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

भूकम्पपीडितको नाममा अमेरिकामा उठाइएको करोडौं रकम कहाँ पुग्यो ?


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

गत वर्ष वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्पले मानवीय तथा भौतिक क्षति गर्‍र्यो । उक्त घटनाले विश्वभर रहेका नेपाली र नेपालसँग साईनो गाँसेका गैर नेपाली दुःखी भए । नेपालीले भोग्नु परेको पीडामा मलहम लगाउन नेपाली र गैरनेपाली सहयोगको लागि एकजुट भए । सबैले आआफ्नो बलबुताले भ्याएसम्म सहयोगका लागि सबैतिर हात फैलाए । नेपाल सरकारले दाता सम्मेलन नै आयोजना ग¥यो ।
अमेरिकामा पनि विभिन्न व्यक्ति, संघसस्था र दुतावासले भूकम्पपीडितलाई सघाउन विभिन्न पहल अभियान चलाए । देश विदेशमा बटुको थापेर हुन्छ कि सरकारी सहयोग लिएर हुन्छ सहयोग माग्नेको लाइन लामै देखियो । त्यही क्रममा अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली संघसंस्था, समाज र व्यक्तिले आआफ्नै ढंगले आर्थिक सहयोग संकलन गरी नेपालीको दुःखमा सहयोग गरे । उनीहरुले संकलन गरेको सहयोग रकम कसैले नेपाल सरकारको राहत कोषमा जम्मा गरिदिए भने कसैले नेपालमा रहेका आआफ्नै नजिकका संस्थाको समन्वयमा खर्च गरे । कतिपयले भने प्रोजेक्टको रुपमा अहिलेसम्म पनि रकम प्रयोग गरेका छैनन् । कतिपय संस्थाले भने पछिल्लो समय संकलन भएको रकमहरु अहिलेसम्म पठाउन सकेको छैन । जनसम्पर्क समितिमा भूकम्पपीडितको नाममा उठाईएको रकमसम्बन्धी विवाद बाहिर आएपछि अन्य संघसंस्थाको नियतमाथि पनि प्रश्न उठ्न थालेको छ ।
paisa risingचल्तीको संस्था अधिकारले भूकम्प पीडितको लागि न्युयोर्क सिटीको मेयर कार्यालयले दिएको सहयोगसहित एक लाख डलर भन्दा बढी उठाएको बताइएको छ । उनीहरुले अनलाइन र प्रत्यक्ष रुपमा संकलन गरेकोमा कति भूकम्पपीडितलाई पठाए त ? यसबारे अधिकारकी निर्देशक लुना रञ्जितलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । अधिकारकी कम्युनिटी अर्गनाइजर नर्वदा क्षेत्रीकाअनुसार एक लाख डलरभन्दा बढी रकम संकलन गरेको र नेपालमा आवश्यकता हेरेर पठाइएको छ । अधिकारले सिटीबाट पाएको सहयोग र आफुले उठाएको रकमबाट जिमिनलाई र गुरुङ समुदायको प्रोजेक्टलाई दिएको क्षेत्रीले बताइन् ।
गुरुङ सोसाइटी अफ अमेरिकाले पनि भूकम्प पीडितको नाममा १ लाख ७० हजार संकलन गरेको जनाएको छ । सोसाइटीका बोर्ड अफ डाइरेक्टर अर्जुन गुरुङका अनुसार न्युयोर्कसिटीको मेयर कार्यालयले ४५ हजार डलर र सर्वसाधारणबाट १ लाख २५ हजार डलर संकलन भएको थियो । संकलित सबै रकम नेपालमा प्रोजेक्टको लागि खर्च गरिरहेको जनाएको छ । ‘हामीले संकलन गरेको सबै रकमहरु सबैको जानकारीको लागी वेभसाइडमा राखेका छौ’ गुरुङले भने ।
त्यस्तै प्रवासमा धेरै सदस्य संख्या भएको संस्था हो जनसम्पर्क समिति । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा क्रियासिल यो संस्थाले भूकम्पपीडितको नाममा ७० लाख भन्दा बढी रकम संकलन गरेको छ । जस मध्ये पार्टीको भूकम्प पीडित राहत कोषमा गत वर्ष राखेर पनि अहिले समितिको खातामा अझै पनि ४५ हजार रकम रहेको छ ।
त्यस्तै तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष सुर्य तामाङले भूकम्पको नाममा संस्थाले तत्कालै उठाएको १२ हजार डलर नेपालमा पठाएपनि पछिल्लो समय संकलित रकम पठाउन बाँकी रहेको बताए ।
शेर्पा किदुगले शेर्पा सेवा केन्द्रमार्फत एक करोडको राहत सामाग्री वितरण गरेको जनाएको छ ।
रिजउड नेपाली सोसाइटीले २७ हजार ५ सय डलर नेपाली दुतावासमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा दिएका थिए । त्यस्तै मुस्ताङ किदुगले गोर्खाको लाप्राकमा पुर्ननिर्माणको लागि एनआरएनको अध्यक्ष शेष घलेलाई गत वर्ष नै एक करोड रुपिया हस्तन्तरण गरेको किदुगका अध्यक्ष राजकुमार विष्टले बताए ।

नेपाली दुताबासबाट करिब १२ करोड

अमेरिकामा रहेको नेपाली दुतावासमार्फत भूकम्पपीडितका लागि विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा प्रधानमन्त्री राहत कोषमा १२ करोड नेपाली रुपैयाँ भन्दा बढी जम्मा भएको दुतावासले जनाएको छ । विभिन्न मितिमा दुतावासबाट राहत कोषको नेपाल बैंक खातामा १२ लाख ३० हजारभन्दा बढी रकम जम्मा गरेको दुतावासले जनाएको हो । जेठ १, २०७३ सम्ममा यति रकम पठाइसकेको दुतावासले जनायो । यता प्रधानमन्त्री उद्धार तथा राहत कोषमा साउन ५, २०७२ सम्मको मात्र अपडेट रहेको छ । जसमा ८ लाख अमेरिकास्थित नेपाली दुतावासबाट प्राप्त भएको उल्लेख गरिएको छ । यसैगरी यो अवधिमा अनुप सुवेदै र सरिता शर्माबाट दश हजार डलर राहत कोषमा जम्मा भएको छ । फ्रेन्ड अफ नेपाल एट द युनिभर्सिटी अफ योइङले ५ लाख १७ हजार ५१० डलर, पर्मनेन्ट मिसन अफ नेपालले ४३ हजार ४८८, १००४ फाउन्डेसन इन्कले ३० हजार ८३८, अमेरिकी परराष्ट्रमन्त्रालयबाट ४९ हजार ९५५, रामकुमार पाण्डेबाट ३० हजार, द ब्युटिफुल फाउन्डेसनबाट ३८ हजार ९०६ जम्मा भएको छ ।

कन्सुलेटबाट ६५ लाख

गत वर्ष न्युयोर्कस्थित नेपाल कन्सुलेटले न्युयोर्क, न्युजर्सी र कनेटिकेटस्थित नेपाललाई माया गर्ने विदेशीहरु केही नेपाली संस्थाहरुको सहयोगमा ६४ हजार ५ सय १६ संकलन गरि नेपाल पठाइसकेको कन्सुलेटले जनाएको छ । उक्त सहयोग संकलनको क्रममा उपवाणिज्यदुत प्रवीण भट्टराई विभिन्न स्थानमा पुगेका थिए । नेपाली कन्सुलेटलाई सहयोग गर्ने संस्थाहरुमा युनाइटेड शेर्पा एसोसियसन, जन सम्पर्क समिति न्युयोर्क च्याप्टर, सोसाइटी अफ नेपालिज इन अमेरिका ब्रायनफ्रोड, स्टानफोट नर्वन नेपालिज कम्युनिटि कनेटिकेटले गरेको उपबाणिज्यदुत भट्टराईले बताएका छन । यसका साथै कन्सुलेटलाई भारतीय, श्रीलंक र बंगलादेशी समुदायले पनि सहयोग गरेका थिए ।
वासिङटनडिसिस्थित नेपाली राजदुताबासलाई भियतनामी समाजले मात्र ४ लाख डलर सहयोग गरेका थिए । यसको विस्तृत विवरण

गोफन्ड मिबाट एकै व्यक्तिबाट दुई करोडसम्म

भूकम्प पिडितको नाममा विश्वका विभिन्न मुलुकबाट कैयौंले गोफन्ड मि नामक अनलाइनबाट रकम संकलन गरेका छन् । व्यक्तिले आफनो विवरण दिएर नेपालको दुःख देखाएर उठाएका ती रकमको ७ प्रतिशत गोफन्डलाई दिएर सबैतिरबाट धेरै रकम संकलन गरेका छन् । गोफन्डबाट कसले कति डलर र पाउन्ड संकलन गरे भन्ने सजिलै हेर्न सकिन्छ । सबैको सजिलो र पारदर्शिताको लागि कतिले चन्दा दिएको कति संकलन भएको सजिलै देख्न सकिने छ । गोफन्डले देखाएको सबैको विवरण राख्न नसकेपनि सबैभन्दा धेरै रकम संकलन गर्नेहरुको राखिएको छ ।

firstpage
उनीहरुमा जोना दोनोबन नामक नागरिकले १ लाख ९५ हजार ५ सय ३७ संकलन गरेका छन । त्यस्तै फलोरिडावासी प्रतिज्ञा तामाङले १ लाख १२ हजार ७ डलर संकलन गरेका छन् । उनीहरुले यतिको रकम १४ महिनाभित्रमा संकलन गरेका थिए । त्यस्तै हिमालयन ग्लासियर चारलोर्टेले ७३ हजार ८ सय ९ मात्र खिचेका छन् । मुराइटा क्यालिफोर्नियाको इन स्टोफलले ६० हजार ६ सय ५ डलर संकलन गरेका छन् । गोफन्ड मार्फतनै न्युयोर्कको कानुन व्यवसायी केशबराज सेढाईले पनि ५६ हजार ५ सय ७० डलर संकलन गरेका छन । त्यस्तै म्यारी एलेन फ्रन्सेसकानीले ४१ हजार ८५ डलर संकलन गरेका छन । त्यस्तै फलोरिडा निवासी लियोना हामरिकले भाषा नेपाल फलोरिडा सस्थाको नामबाट ४० हजार डलर संकलन गरेका छन । त्यस्तै कर्मु तामाङ म्याकलिन परिवारले ३७ हजार ४ सय ४९ डलर संकलन गरेका छन । त्यस्तै मिरान्द केसीले ३६ हजार २ सय ५६ संकलन गरेको देखाएको छ ।

गोफण्ड मि बाट व्यक्तिगत रुपमा कसले कति उठाए भन्ने बारेमा यो लिङक खोलि हेर्नुस ।

https://www.gofundme.com/mvc.php?route=search&term=nepal%20earthquake%20relief%20

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : २६ बजे