२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

राजपाले छाता चुनाव चिन्ह नपाउने


२५ असार २०७४, आइतबार  

0
Shares

काठमाडौं । नयाँ पार्टीका रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ ।

निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हँुदा दर्ता भई निर्वाचन चिह्न प्राप्त गरेका दलले मात्र दलीय निर्वाचन चिह्न पाउने व्यवस्था छ ।
संविधानको धारा २६९ र  २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय निर्वाचन चिह्न प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७४, आइतबार  ७ : ३९ बजे