१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बाढीपीडितलाइ शेष घले दम्पत्तीको १ करोड, वाणिज्य महासंघले पनि १ करोड दिने


२९ श्रावण २०७४, आइतबार  

0
Shares

काठमाडौं । बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

 

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघले विभिन्न संघ तथा कम्पनीहरुसँग मिलेर बाढीपीडितलाई नगद तथा जिन्सी गरी करिब १ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ ।

महासंघले विभिन्न संघ तथा कम्पनीहरुबाट सहयोग रकम जुटाएको छ । महासंघ आफैले १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल औषधि उत्पादक संघले ५० लाख नगद बराबरको औषधि, नेपाली यूवा उद्यमी मञ्चले नगद तथा जिन्सी गरी १५ लाख रकम प्रदान गर्ने भएको छ । शंकर ग्रुपको तर्फबाट नगद र तथा जिन्सी गरी ५ लाख रकम, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघ संस्थाबाट १० लाख गरी महासंघले १ करोड जुटाएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ६ : ३९ बजे