१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

प्रधानमन्त्री देउवा भारत प्रस्थान


७ भाद्र २०७४, बुधबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमा देउवा भारत प्रस्थान गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत प्रस्थान गरेका हुन्।

देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल सरकारका सचिव, निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, सचिवालयका कर्मचारी लगायत छन्।

प्रधानमन्त्री अाइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७४, बुधबार  १० : १७ बजे