११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण


१४ पुस २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । लामो विवादपछि अन्तत्: राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए।

अध्यादेशबारे छलफल गर्न राष्ट्रपति भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुसँग पटकपटक छलफलसमेत गरेकी थिइन् ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार  १२ : १७ बजे