५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

फाउण्डेसनद्धार निमा लामा हृयोल्मोलाई सम्मान


Ang

१४ पुस २०७४, शुक्रबार  

0
Shares


हृयोल्मो फाउण्डेशन तथा हृयोल्मो सेताङ किदुक छोक्पाले सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं. २ -ख) को प्रदेश सभा सदस्यमा निर्वाचित हृयोल्मो फाउण्डेशनका अध्यक्ष तथा हृयोल्मो आदिबासी जनजातिका नेता एवं समाजसेवी निमा लामा हृयोल्मोलाई बधाई तथा शुभकामना ज्ञापन गरियो । बधाई शुभकामनासंगै हृयोल्मो जातीको महान पर्व हृयोल्मो सोनाम ल्होसार आगमानको समेत शुभकामना आदान प्रदान गरेका थियो । कार्यक्रम हृयोल्मो समाज सेवा केन्द्रको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा हृयोल्मो सेताङ किदुक छोक्पाका अध्यक्ष, हृयोल्मो फाउण्डेशनका भू.पू अध्यक्ष एवं सल्लाहकार दावा लामा हृयोल्मोको सभापतित्वमा भएको कार्यक्रम हृयोल्मो फाउण्डेशनका महासचिव टासी दोङबा हृयोल्मोबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो । उक्त अवसरमा हृयोल्मो समाज सेवा केन्द्रका अध्यक्ष ढाक्पा दोर्जे लामा हृयोल्मो, नेपाल हृयोल्मो समाज सेवा संघका महासचिव फुर्पा लामा हृयोल्मो, हृयोल्मो महिला संघका अध्यक्ष निमा यङछेन हृयोल्मो, बरिष्ट समाज सेवी नेपाल हृयोल्मो समाज सेवा संघका संस्थापक अध्यक्ष कान्छा लामा हृयोल्मो, नेपाल हृयोल्मो समाज सेवा संघ तथा हृयोल्मो फाउण्डेशनका भू.पू. अध्यक्ष बिनोद लामा हृयोल्मो तथा माउण्टेन स्पिरिटका अध्यक्ष छिङ लमु शेर्पा हृयोल्मोबाट मन्तव्य सहित माननिय निमा लामा हृयोल्मोलाई बधाई तथा शुभकामना दिएका थिए ।

उक्त अवसरमा माननिय निमा लामा हृयोल्मोलाई आयोजकको तर्फबाट कार्यक्रमका सभापति दावा लामा हृयोल्मोले पुष्पा बुकेका बधाई ज्ञापन गरेका थिए भने तिव्वतका लागि पूर्व महाबाणिज्यदूत बिनोद लामा हृयोल्मोले सम्मान-पत्र प्रदान गरेका थिए । कार्यक्रममा बिभिन्न हृयोल्मो संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा बरिष्ठ हृयोल्मो अगुवाहरुको समेत उपस्थिति रहेका थिए । कार्यक्रम हृयोल्मो फाउण्डेशनका सदस्य किन्जो ओमु हृयोल्मोले सञ्चालन गरेकी थिइन ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार  १० : २३ बजे