सन्दर्भ १० औ हिलारी स्मृति दिवस
आङछिरिङ शेर्पा
धेरै विदेशीहरुले सगरमाथा चढीसकेका छन । तर कमैले बाहेक धेरैले नेपालीको मन जित्न सकेको छैन । सगरमाथा चढीसकेका धेरै विदेशीहरुलाई नेपालीले विर्सीसके पनि एउटै व्यक्ति सरएडमण्ड हिलारीलाई भने नेपाल र नेपालीले कहिल्यै विर्सेका छैनन। न्युजिल्याण्डबासी हिलारीले तेन्जिङ नोर्गे शेर्पासग पहिलो पटक १९५३ को मे २९ तारिखको दिन सगरमाथामा पाइला राखेका थिए । सगरमाथा आरोहण लगतै तत्कालिन खुम्बुको केही अगुवाले हिलारीलाई बडासाव ‘हाम्रो बालबालिकाको आखा छ तर देख्न सक्दैन ‘ भनेर सहयोगको आग्रह गरेपछि खुम्बुमा करिब ५ दशक अघि विद्यालय र स्वास्थ्य केन्द्र बनाइदिएको थियो ।त्यसपछि सोलु र अन्य जिल्लाहरुमा पनि हिलारीले विद्यालय बनाइदिएर ठुलो समाज सेवा गरेको छ ।
मनको धनी हिलारीले खुम्बुको दुखमा सधै साथ दिदै अभिभावक बन्न सफल भएको छ । उनले गरेका यो महान कार्यको बर्णन गर्ने हो भने सायद यतिको ठुलो समाजिक सेवा नेपालमा अहिलेसम्म कुनै पनि विदेशीले गर्न सकेको छैन । खुम्बुको शिक्षाको विकासमा हिलारीले विद्यालय स्थापना गर्नुका साथै खुम्बुमा जन्मेका बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययन गरुन्जेल छात्राबृति दिएर ठुलो गुण लगाएको छ । उनले छात्राबृति दिएर उच्च अध्ययन गरेका खुम्बुका कैयो युवाहरु अहिले स्वदेश तथा विदेशको विभिन्न मुलुकहरुमा सुखद जीवन यापान गरिरहेका छन । बुबाआमाले जन्म दिएपनि हिलारीले शिक्षा र स्वस्थ्य क्षेत्रमा कर्म दिएकै कारण खुम्बु क्षेत्रमा बच्चादेखि पाकासम्म उनकै गुणगान गाउदै आइरहेका छन । उनले नेपालको खुम्बु क्षेत्रमा गरेको महत्वपुर्ण सामाजिक सेवाकै कारण नेपाल सरकारले विशेष सम्मानका साथ अंगिकृत नागरिकता प्रदान गरेको थियो ।
सधैभरि नेपालीको मनमा बस्न सफल हिलारीको स्मृतिको दिन जनवरी ११ तारिखलाई सवैले सम्झनु पर्छ । हिलारीको सामाजिक सेवाको भावनालाई दिर्घाकालिन रुपमा अघि बडाउन हिमालयन ट्रष्ट नेपालले हरेक वर्ष हिलारीको स्मृति सभा आयोजना गर्नु पहिलो प्रथामिकताको कार्य हो । यस पटक तेङबोचे रिम्पोचेको प्रमुख आतिथ्य तथा न्युजिल्याण्डको अबैतानिक बाणिज्यदुत लिसा छोग्यालको विशेष अतिथ्यमा भएको स्मृति दिवसले हिलारीप्रतिको श्रद्धा भाव देखिएको छ । यो स्मृति दिवसमा हिलारीले खुम्बु क्षेत्रमा गरेको योगदानको चर्चा राष्ट्र स्तरमा समेत हुनु पर्छ । राज्यले समेत यसबारेमा चासो दिन सक्नु पर्छ । यो स्मृति दिवस मनाउदै गर्दा हिजो हिलारी जिउदो हुदा उनले गर्छु भनेर बाकी रहेका कामहरु पुरा गर्न अब ट्रष्ट अघि बडनु पर्छ । नेपाल र नेपालीको लागी महत्वपुर्ण योगदान पुर्याउने हिलारीको यो स्मृति दिवसमा हिलारीको सहयोगले उच्च शिक्षा अध्ययन गर्न पाएकोहरुले यो दिनलाई विशेष रुपमा सम्झनु पर्छ । त्यस्तै हिजो बडा साप भनेर हिलारीको सामु लम्पसार पर्नेहरुले पनि हिलारीको नाममा घरघरमा छयोमि बाल्न विर्सन हुदैन । मानवता भएपछि मावताको गुणको कदर गर्नु हाम्रो दायित्व हो ।