११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

नेपालको विमानस्थलको लापरवाहीले दुर्घटना भयो-विमान कम्पनी


२८ फाल्गुन २०७४, सोमबार  

0
Shares

काठमाडौं । आज दुर्घटनामा परेको युएस बंगल एअरको कम्पनीले नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा विमान दुर्घटना भएको दाबी गरेको छ।

विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन् ।

‘एटिसिले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,’ उनले भने।

विमानमा कुनै पनि प्राविधिक गडबढी नभएको दाबी गर्दै उनले भने, ‘हाम्रो जानकारीअनुसार दुर्घटनामा एटिसिको लापरवाही छ, हाम्रा पाइलटको तर्फबाट होइन्।’

नेपालको एटिसिले भने चेतावनीका वावजुद विमानले गलत ठाउँबाट ल्याण्डिङ गर्दा विमान दुर्घटना भएको दावी गरेको छ। एटिसिले विमान दुर्घटना पूर्व चालकदलसँग गरेको संवादको अडियो रेकर्ड समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार  ९ : ०९ बजे