बारा । पर्यटन मन्त्री रविन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन् ।
आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताएका हुन् ।
मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका छन् । अधिकारीले आउने पाँच बर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए ।
बाराको सिमरामा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बताए ।
उनले विमानस्थलको पुर्व तयारीको काम दुईबर्ष भित्र सुरुहुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हँने बताए ।
बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य भएको बताए ।
निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिले बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । मन्त्री अधिकारीले यो बिमानस्थल २२ देखि २५ मुलुको हवाई हव बन्न सक्ने बताए ।
बिमानस्थल निर्माण भन्दा बढि पुर्ब तयारी असाध्यै समय लाग्ने भएकोले निर्माणमा सुस्तता देखीएकोले अब चाढै देखीने कामहरु हुँने बताए ।
राजधानीमा रहेको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा अत्याधिक चाप भएकाले सरकारले तत्कालै दोश्रो अन्तराष्ट्रि विमानस्थलको कामलाई गति दिने र आन्तरीक वायुसेवालाई व्यवस्थित गर्ने कार्य प्रार्थमिक्तामा रहेको बताए ।
दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा राज्य कै चाँसो बढेकोले अब काम चाँडो थालिने बताउँदै मन्त्री अधिकारीले मुआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण भए २२ देखि २५ मुलुकको हवाई ट्रान्जित बन्न सक्ने बताए ।
आजै मन्त्री अधिकारी विमानस्थल निर्माण हुने क्षेत्रको निरिक्षण गरी त्यहाँ रहेका बस्तीहरुको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।
आज देखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।
मेलामा झण्डै चार सय स्टल रहेका छन् , भने विभिन्न मनोरंजका उपकरणहरु राखिएको छ । दश दिन सम्म लाग्ने यस महोत्सव ५० हजार भन्दा बढी दर्शकले मेला हेर्ने र दुई करोड भन्दा बढीको कारोवार हुँने आयोजकले जनाएको छ ।