४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कामीरिता २२ पटक, ल्हाक्पा शेर्पा ९ पटक सगरमाथा शिखरमा, दुवैले तोडे रेकर्ड


२ जेष्ठ २०७५, बुधबार  

0
Shares

कामीरिता शेर्पा र ल्हाक्पा शेर्पा । PHOTOS: REUTERS/AFP

काठमाडौं । दुई नेपाली शेर्पाले आफ्नो कीर्तिमानी रेकर्ड आफैले तोडेका छन् । मे १६ अर्थात जेठ २ मा विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला राखी सबैभन्दा धेरैपटक सगरमाथा शिखर पुगेको पुरुषको आफ्नै रेकर्ड कामीरिता शेर्पाले तोडे । कामीरिताले योसँगै २२ पटक सगरमाथा आरोहण गरे भने ल्हाक्पा शेर्पाले सबैभन्दा बढीपटक सगरमाथा आरोहण गरेकी महिलाको आफ्नै रेकर्ड तोडिन् । यसपटकसँगै ल्हाक्पाले नौपटक सगरमाथाको आरोहण गरेकी छन् ।

सोलुखुम्बीको थानेका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए ।

४८ वषिर्यक कामीरिता आज बिहान साढे आठ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । आयोजक सेभेन समिट ट्रेक्सका अनुसार उनको टोलीले हिजो राति साउथ कोलबाट चुचुरोको आरोहण गरेको थियो ।

४४ वर्षीया ल्हाक्पाले सन् २००० मा पहिलो पटक उनले सगरमाथा आरोहण गरेकी थिइन् । उनले तिब्बतियन रुटबाट सगरमाथा आरोहण गरेको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार  ४ : १५ बजे