७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुजाता र विष्णुलाई तामाङ मिडिया अवार्ड प्रदान


१ भाद्र २०७५, शुक्रबार  

0
Shares

काठामाडौं । २४औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार स‌ंघले एक कार्यक्रम आयोजना गरी सोलुखुम्बुकी सुजाता तामाङ र काठमाडौंको विष्णु दोङ तामाङलाई तामाङ मिडिया अवार्ड प्रदान गरेको छ।

शुक्रवार राजधानीको अनामनगरस्थित तमू बौद्ध सेवा समितिको हलमा प्रदेश नं ३ की उपसभामुख राधिका तामाङले अवार्ड प्रदान गरेकी हुन् । पत्रकारद्वयलाई नगद पाँच पाँच हजारसहित अवार्ड प्रदान गरिएको हो ।

सोलुखुम्बुकी सुजाता सोलु एफ एमबाट पत्रकारिता शुरु गरी हाल  बिबिसी नेपाली सेवामा कार्यरत छिन् भने दोङ मिर्मिरे एफएममा तामाङ भाषाको कार्यक्रम सञ्चालन गर्छन् ।

संघका अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहल, तामाङ घेदुङका महासचिव बाबु घिसिङ, तामसालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जयबहादुर गोले, आदिवासी जनजाति पत्रकार महास‌ंघका  अध्यक्ष डण्ड गुरुङलगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार  ८ : २५ बजे