४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

एक बर्षदेखि ९ बर्षीया दुई छात्रामाथि यौन शोषण गरेकाे अाराेप मा एक शिक्षक पक्राउ


२४ आश्विन २०७५, बुधबार  

0
Shares

काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्था स्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ ।

आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् ।

कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।

पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत काभ्रे बाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  ७ : ५४ बजे