३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना


१२ कार्तिक २०७५, सोमबार  

2
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । छातीमा स‌ंक्रमण देखिएपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई आज बिहान साढे ३ बजे राजधानीको शिक्षण अस्पताल भर्ना गरिएको हो ।

ओलीका लागि शनिबारदेखि नै शिक्षण अस्पतालमा आइसियुको तयारी रहेको अस्पतालले जनाएको छ । बाहिर गलत सन्देश नजाओस भनी ओलीले बालुवाटारमै उपचारको प्रबन्ध गर्न लगाएका थिए । यद्यपि आज बिहानबाट संक्रमण बढी हुन थालेपछि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो ।

छातीमा संक्रमण देखिएका कारण ओली शनिबार आयोजित नेकपाको चियापानमासमेत सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ७ : ५८ बजे