३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

लवक नेपाली समाजको पाचौ बर्षगाठमा विविध कार्यक्रम


Ang

१४ माघ २०७५, सोमबार  

0
Shares

लवक, टेक्सास- एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साहले अमेरिकाबासी सवैलाई एनआरएनको सदस्यता लिन आग्रह गरेका छन् । टेक्सासस्थित लवक नेपाली समाजले शनिबार आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष साहले सबैलाई आधिकारिक एनआरएन हुनका लागी अनुरोध गरेका हुन् । एनआरएन अमेरिका आसन्न निर्वाचनलाई लिएर सदस्यता वितरण गरिरहेको वताउदै सदस्यता लिएर एनआरएन मुभमेन्टलाई सहयोग गरिदिन शाहले आग्रह गरे । उनले लवक नेपाली समाजले गएको भुकम्पमा गरेको आर्थिक सहयोगको प्रसंसा गर्दै एनआरएन अमेरिकामार्फत सहयोग गरेकोमा धन्यवाद दिएका थिए । रेशम घर्तिको अध्यक्षतामा पाच बर्षअघि लवकमा स्थापना भएको लवक नेपाली समाजले नेपालमा भूकम्प, खानेपानी लगायतका सामाजिक कार्यमा सहयोग गरेको वताईएको छ ।

बरिष्ठ बैज्ञानिक एवं समाजकै पूर्व अध्यक्ष माधव पाण्डेले संस्थाले गएको भुकम्पमा सहयोग गर्न टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसग मिलेर २३ लाख रूपया बढी रकम संकलन गरेका थिए । उक्त रकममध्ये १५ हजार डलरभन्दा बढी रकम एनआरएनमार्फत भूकम्पपीडितका लागी सहयोग गरेको पूर्व अध्यक्ष पाण्डेले संस्थाले गरेका कार्यक्रमहरू प्रस्तुत गर्ने क्रममा वताए । संस्थाले लमजुडस्थित श्री चन्द्रोदय प्राइमरी स्कुलमा स्वस्थ खानेपानीको स्थापनार्थ ८० हजार रूपैया सहयोग गरेको उदाहरणीय कार्यक्रम लगायत अमेरिकामा भाषा पाठशाला र टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति लगायतका कार्यक्रममा सहयोग गरेको जानकारी पूर्व अध्यक्ष पाण्डेले वताए । करिब ३ सय नेपालीहरूको बसोबास गरेपनि नेपाल र नेपाली समाजकालागी स्थानीय नेपालीहरूले उदाहरणीय कार्यक्रम गरेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र गौतमले वताए ।

कार्यक्रममा टेक्सास नेपाली समाजका अध्यक्ष सुमन थापा, नेपाल अमेरिका पत्रकार संघ, नेजाका सचिब सुरज भण्डारी, व्लड डोनर्स अफ अमेरिकाका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार डा नन्द रेग्मी, क्लवका सदस्य शिव काफले , इन्द्राणी सास्कृतिक संघका पूर्व अध्यक्ष तारा भुसाल, संघका बोर्डअफ ट्रस्टी जनक राना, संघका महासचिव जिबराज बुढा, समाजिक अगुवा शारदा रिमाल, जोलप्रसाद ढकाल लगायतले लवक समाजले गरेका कामको प्रसंसा गर्नुका साथै हातेमालो गरेर अगाडी बढ्ने वताए । संस्थाको पन्च बर्षगाठको अबसरमा कविता, गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो । यसै अवसरमा ९ व्यक्तिहरूले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ११ : ४१ बजे