१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

काठमाडौं । ईन्द्रदह एकिकृत पर्यटन विकास समितिले फागुन ९ गते हुने तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

मंगलबार राजधानीको रिपोर्टर्स क्लबमा एक पत्रकार सम्मेलन बिच पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन प्रम केपी शर्मा ओलीले गर्ने जानकारी दिएका हुन् ।

कार्यक्रममा ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देल, चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसी, ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापा लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष  केसीले पहिले अर्ध कदको शालिक रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालीक अनावरण गर्न लागिएको जानकारी दिए । उनले भने, ‘उत्सवको तयारी लगभग पूरा भइसक्यो ।’

उनले यसअघिका दुई वटा महोत्सव पनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ मा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट्न गरेको पनि उनले जनाए ।

ईन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उनले अहिले धेरैनै सम्भावना बोकेको दहचोकबारे धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकत्ता समेत औंल्याएका थिए ।

प्रचार–प्रसार उपसमितिका संयोजक सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो पोख्दै उनले भने, ‘काजि कालु पाँडेको शीर समाधी तथा धार्मीक ठाँउको रुपमा यसलाई विकास गर्नुपर्ने हाम्रो कर्तब्य हो ।’

‘यो एक धार्मिक, ऐतिहासिक, राजनैतिक, पुरातात्विक एवमं पर्यटकीय महत्व बोकेको स्थान हो, त्यसकारण यसको धार्मिक तथा पर्यटन विकासमा सबैले जोड दिनुपर्छ ।’ उनले थपे ‘ईन्द्रदह क्षेत्रको पर्यटनका सम्भावनाहरुलाई राज्यले हेर्नु पर्छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : ५८ बजे