९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

शेर्पा किदुग गल्फ उपाधी ठिन्लेलाई


Ang

१७ असार २०७६, मंगलबार  

0
Shares

 

शेर्पा किदुग अमेरिकाले हरेक बर्ष आयोजना गदै आएको बषिर्क गल्फ प्रतियोगिता हालै सम्पन्न भयो । विभिन्न मुलुकको गल्फ खेलाडी सम्मिलित यस पटकको प्रतियोगितामा ठिन्ले लामा प्रथम भएका थिए । त्यस्तै दावा लामा दोश्रो र समिर श्रेष्ठ तेस्रो भएका थिए । यसैगरि हाई हेन्डिक्याप समुहबाट आङ दावा शेर्पा र लो हेन्डिक्याप समुहबाट ल्हाक्पा लामाले क्लोसेट टु पिनको उपाधि प्राप्त गरेका थिए भने लाङ्गेस्ट ड्राइभ -लामो दुरी)को उपाधि हाई हेन्डिक्याप समुहका फुर्बा शेर्पा र लो हेन्डिक्याप समुहका ल्हाक्पा लामाले प्राप्त गरेका थिए ।

गल्फ प्रतियोगिता न्युयोर्कको बु्रकलिनस्थित मरीन गल्फ कोर्षमा भएको थियो । हिमालयन समुदायका गल्फ खेलाडीबिच एकता, पारस्परिक सम्बन्ध र गल्फ खेलप्रति समुदायको अभिरुची जगाउने उदेश्यले किदुगले बिगत १२ वर्षदेखि गल्फ प्रतियोगिताको आयोजना गर्दै आएको हो । प्रतियोगितामा नेपाल, भुटान, भारत र तिब्बतका खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा लो र हाई हेन्डीक्याप दुबै समुहका ३० जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा बिजयी खेलाडीलाई किदुगका खेलकुद संयोजक तथा उपाध्यक्ष फुर्बा शेर्पा र गल्फ प्रतियोगिता संयोजक ल्हाक्पा रिन्जी शेर्पाले संयुक्त रुपमा प्रमाण पत्र र ट्रफी बितरण गरेका थिए भने किदुगका महासचिव कर्मा लामाले खादा लगाइदिएका थिए । पुरस्कार वितरण कार्यक्रम किदुगको भवनमा भएको थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : २६ बजे