न्युयोर्क— पान अमेरिकन कराते महासंघले नेपाली कराते प्रशिक्षक पारखी खालिङ राईलाई अन्तराष्ट्रिय रेफ्रिको उपाधी प्रदान गरेको छ । यो उपाधी पाउने राई अमेरिकाबाट दोश्रो नेपाली कराते प्रशिक्षक हुन । उनलाई मेक्सिको मोन्तरेमा आयोजित ३८ औ सिनियर पान अमेरिकन कराते च्याम्पियनसीपमा अन्तराष्ट्रिय रेफ्रीको यो उपाधी दिएको हो ।
‘ अमेरिकामा राष्ट्रिय स्तरको रेफ्री हुदै अन्तराष्ट्रियस्तरको रेफ्रीको उपाधी पाउदा मनमा खुसीसंगै थप जिम्मेवारीबोध भएको छ ‘। पारखीले भने – ‘ मैले गदै आएको संघर्षले पाएको यो सफलताको खुसी एकतिर छन भने अर्कोतिर चुनौतिहरु छन’ ।
सोलुखुम्बु माप्य दुधकोशी वाडन २ का राई न्युयोर्कमा सन २००८ देखि कराते खेल्दै आउने क्रममा सन २०११ देखि कराते प्रशिक्षक एवं युएसए कराते महासंघको अफिसियल बनेका थिए । त्यस्तैगरि सन २०१५ देखि राष्ट्रिय रेफ्रीको लाइसेन्स प्राप्त गरेका उनले सन २०१७ देखि न्युयोर्कको ज्याक्सनहाइटमा इन्टरनेशनल मार्सल आर्टस डोजो सञ्चालन गदै आइरहेका छन । जुन डोजो नेपालीहरुद्धार सञ्चालित पहिलो डोजो हो ।









