८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

बेलायतका प्रधानमन्त्री जोन्सनले भने : हामी युरोपेली संघबाट बिदा हुन्छौं


९ श्रावण २०७६, बिहिबार  

0
Shares

लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गरे ।

बुधबार प्रधानमन्त्री पदको सपथ लिएका जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषदमा रहनुभएका आधाभन्दा बढी मन्त्रीलाई हटाएको छ ।

उनले युरोपेली संघ (इयू) बाट बेलायत बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएका छन् । जोन्सनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना बेलायती नागरिक पनि रहेका छन् ।

प्रधानमन्त्री जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको सरकारका गृहमन्त्री साजिद जावेदलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । ब्रेक्जिटका कट्टर समर्थक डोमिनिक राबलाई जोन्समनले विदेशमन्त्री नियुक्ती गरे ।

बेलायती महारानीसँग प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै जोनसनले भने – ब्रेक्जिटका विषयमा ‘तर र यदि’ जस्ता शब्दहरु अब लाग्दैनन् । हामी युरोपेली संघबाट बिदा हुन्छौं ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ८ : ३८ बजे