१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

प्रधानमन्त्री ओलीले किन मागे सचिवालय सदस्यहरुको राजीनामा ?



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सदस्यहरुको राजीनामा मागेका छन् ।

प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन निजी सचिवालयका सदस्यलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भनेर पार्टीभित्रै पनि आलोचना भइरहेको थियो।

प्रधानमन्त्री सचिवालयको प्रमुख सल्लाहकारमा बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्यलगायत छन्। नयाँ बन्ने टिममा अहिलेकामध्ये केही दोहोरिने सक्ने सम्भावना रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री केही मन्त्रीको कार्यसम्पादनप्रति पनि असन्तुष्ट छन्। सचिवालय सदस्यहरूको हेरफेरपछि ओलीले केही मन्त्रीलाई पनि हटाउने तयारी गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : २४ बजे