४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

प्रधानमन्त्रीको दसौं पटक डायलसिस



काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ। उनको दसौं पटक डायलसिस गरिएको हो।

प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाइपछि सेन्टरबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज गर्नुअघि उनको नवौं पटक डायलसिस गरिएको थियो।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाइमा पाँच पटक डायलसिस गरिएको थियो। यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो।

६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा मिर्गौला प्रत्यारोपण भएको थियो। उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : २४ बजे