३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

संसद्‌को हिउँदे अधिवेशन शुक्रबारबाट, पहिलो काम सभामुख चयन



काठमाडौँ — विधेयक अधिवेशनका रूपमा लिइने संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । प्रतिनिधिसभाको यो पाँचौ अधिवेशन हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा हिउँदे अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन आह्वान भएसँगै संघीय संसद्‌ मातहतका राष्ट्रियसभा र प्रतिनिधिसभाका बिजनेस संसद् सचिवालयले तय गर्न थालेको छ।

प्रतिनिधिसभाको पहिलो काम सभामुख चयन हुने छ। गत असोज २ गते संघीय संसदको चौथो अधिवेशन अन्त्य भएको थियो।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका कृष्णबहादुर महराले सभामुखबाट असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त छ । हाल महरा पूर्पक्षका लागि थुनामा छन्।

अब को बन्ला सभामुख : यो पढ्नुहाेस् 

http://www.everesttimesnews.com/sansad/#sthash.KZYhEGpq.dpbs

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ४ : २० बजे